PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

कांग्रेसको आँखा बन्द भएको भन्दै कालो चश्मा लगाएर नेविसंघको धर्ना



पहिलोपोस्ट

कांग्रेसको आँखा बन्द भएको भन्दै कालो चश्मा लगाएर नेविसंघको धर्ना

काठमाडौंः नेपाल विद्यार्थी संघका असन्तुष्ट समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन्। भातृ संगठनलाई चुस्त रुपमा विधानसम्मत सञ्चालन गर्नु पर्ने मागसहित उनीहरुले धर्ना दिएका हुन्। 

धर्नामा महामन्त्री कुन्दनराज काफ्ले र सिटौला समूहका विद्यार्थी रहेका छन्। विद्यार्थीले सांकेतिक रुपमा आँखामा कालो चस्मा लगाएर विरोध जनाएका छन्।

कांग्रेसको आँखा बन्द भएकोले सांकेतिक रुपमा कालो चश्मा लगाएको उनीहरुको भनाई छ।

केन्द्रीय समितिको बैठक बस्नुअघि उनीहरुले धर्ना दिएका हुन्। सानेपामा आज केन्द्रीय समिति बैठक बस्दैछ। बैठकमा संसदीय दलको विधान अनुमोदन गर्ने कार्यसूची रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell