PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

पूर्वका गुन्डा नाइके गुरुङ विराटनगरबाट पक्राउ



पहिलोपोस्ट

पूर्वका गुन्डा नाइके गुरुङ विराटनगरबाट पक्राउ

काठमाडौंः पूर्वी क्षेत्रमा गुन्डागर्दी तथा आतंक फेलाउँदै आएका गुन्डा नाइके एलिस गुरुङ पक्राउ परेका छन्। विराटनगर प्रहरीले गुरुङलाई विराटनगर महेन्द्र चोकको एक होटेलबाट शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरुण बिसीले जानकारी दिए।

एसपी बिसीले भने 'गूरुङ पहिलेदेखि नै प्रहरीको खोजीमा थिए उनीमाथि हत्याको प्रयासदेखि रकम असुलीका उजुरी छन्।'

विराटनगरका पेट्रोलपम्प सञ्चालक पशुपति भगतमाथि आक्रमण गरेपछि गुरुङ प्रहरीको खोजी सूचीमा थिए। पक्राउ परेका गुरुङलाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ। गुरुङले फरार भए पनि विभिन्न नम्बरबाट कल गरेर व्यवसायीसँग फिरौती माग्ने गरेका थिए।

गुरुङ विराटनगरमा घरजग्गा कारोबार तथा होटेल व्यवसाय सञ्चालन गर्दै आएका छन्। पर्शुराम बस्नेतको समूहमा रहेर गुन्डागर्दी गर्दै आएका गुरुङ पछिल्लो समय छुटै समूह बनाएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell