PahiloPost

Mar 25, 2026 | ११ चैत्र २०८२

पौडेलले पनि मागे कांग्रेसमा 'अर्ली महाधिवेशन', सशक्त प्रतिपक्षी बन्न छायाँ सरकार : विश्वप्रकाश



नेत्र तामाङ

पौडेलले पनि मागे कांग्रेसमा 'अर्ली महाधिवेशन', सशक्त प्रतिपक्षी बन्न छायाँ सरकार : विश्वप्रकाश

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको ‘अर्ली महाधिवेशन’ डाक्न माग गरेका छन्। उनले पार्टीलाई बलियो रुपमा अगाडि बढाउन महाधिवेशनको माग गरेको कांग्रेसका युवा नेता गगन थापाले जानकारी दिए।

निर्वाचनबाट कमजोर भएको पार्टीलाई बलियो रुपमा स्थापित गर्नका लागि कांग्रेसभित्र अर्ली महाधिवेशनको चर्चा चलेलगत्तै पौडेलले पनि त्यसको माग गरेका हुन्।

त्यस्तै कांग्रेसले बलियो प्रतिपक्षी भूमिका निर्वाहका लागि छायाँ सरकार बनाउने तयारी गरेको छ। ‘सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न यस्तो गर्न खोजिएको हो,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने।

पार्टीको संसदीय दलले अनुमोदन गरेको विधान पारित गर्ने उद्देश्यका साथ सुरु भएको बैठकमा नेताहरु खुमबहादुर खड्का, मीन विश्वकर्मा, नवीन्द्रराज जोशी, धनराज गुरुङ, रामशरण महतलगायतले भनाई राखेका छन्। 

कांग्रेस संसदीय दलले शनिबार मात्रै परिमार्जित विधान पारित गरेको थियो। विधान पेश गरेर त्यसलाई पास गर्ने मुख्य एजेन्डा हो बैठकको। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell