PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कांग्रेसमा संसदीय दलको नेता छान्ने प्रकृयाका लागि कार्यदल



नेत्र तामाङ

कांग्रेसमा संसदीय दलको नेता छान्ने प्रकृयाका लागि कार्यदल

काठमाडौं : नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय कार्यसमिति गरेको छ। संसदीय दलको नेता बन्ने विषयमा कांग्रेसभित्र चर्को प्रतिस्पर्धाको सम्भावना छ। 

केन्द्रीय समितिको बैठकले चीनकाजी श्रेष्ठको संयोजकत्वमा संसदीय दलको नेता चयन गर्ने प्रकृया अगाडि बढाउने निर्णय गरेको छ। श्रेष्ठको संयोजकत्वमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्बे कार्यसमिति सदस्य रहेका छन्। यसबाहेक कांग्रेस केन्द्रीय समिति बैठकले अन्य कुनै ठोस निर्णय भने लिएन।

पार्टीभित्र विशेष महाधिवेशन र अर्ली महाधिवेशनका विषयमा नेताहरुले कुरा राखे पनि कुनै सम्बोधन हुन सकेन। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार अर्को केन्द्रीय समिति बैठकले निर्वाचनमा भएको पराजयमाथि समीक्षा गर्नेछ। यद्यपि अर्को बैठक कहिले बस्ने यकिन भएको छैन।

यसपटकको केन्द्रीय समिति बैठकमा राष्ट्रपतिद्वारा राष्ट्रिय सभामा मनोनित तीन जनाको विषयले चर्चा पायो। पार्टीले त्यसको विरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell