PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

के साँच्चै यी कलाकारले दिंदैछन् सलमानसँग प्रस्तुति?



पहिलोपोस्ट

के साँच्चै यी कलाकारले दिंदैछन् सलमानसँग प्रस्तुति?

काठमाडौं: फिल्म 'लिलिबिली'का दुई मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङ साथै फिल्म 'मंगलम'का मुख्य कलाकार शिल्पा पोखरेल र पुष्प खड्काले  सलमान खानसँग नाच्ने खबर सार्वजनिक भयो। आउँदो फागुन २६ गते काठमाडौँको टुँडिखेलमा हुने सलमान खानको 'दब्याङ्ग द टुर नेपाल'मा यी चार नेपाली कलाकारले स्टेज सेयर गर्ने भनिएपनि खबर आधिकारिक भने होइन। 

स्वस्तिमा खड्का, प्रियंका कार्की, एलिसा राई लगायतले सलमान खानको कोरस हुन नमानेको भन्ने खबरले सामाजिक सञ्जालमा आयोजकप्रति नकारात्मक टिप्पणी भएपछि हाल कुनैपनि कलाकारको प्रस्तुति दिने तय भए नभएको बारे आयोजक बोलेका छैनन्। 

आयोजकका अनुसार २० भन्दा बढी नेपाली कलाकारले उक्त दिन प्रस्तुति दिने भएपनि हालसम्म आधिकारिक जानकारी बाहिर दिने तयारी नभएको आयोजक संस्था ओडिसी इन्टर्टेन्मेन्टले पहिलोपोस्टलाई जानकारी दियो। भने,'हामी सबै कुरा निश्चित भएपछि पुन: प्रेस सम्मेलन गर्नेछौं।' 

बलिउडतर्फ भने नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell