
जनकपुरधाम: प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत ‘गदी’ले सुशासन कायम गर्न ११ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्।
डा.बाबुराम भट्टराई प्रधानमन्त्री छँदा स्थापना गरेको हेल्लो सरकारको झल्को दिने गरी प्रदेश २ मा पनि 'हेल्लो मधेश सरकार' कार्यक्रम सुरु हुने भएको छ। मुख्यमन्त्री राउतको ११ बुँदे प्रतिवद्धता पत्रमा हेल्लो सरकारलाई प्रथामिकता दिइएको छ।
त्यस्तै डा.भट्टराईकै पालामा सञ्चालनमा आएको कार्यक्रम 'जनतासँग प्रधानमन्त्री' प्रदेश २ मा जस्ताको तस्तै सञ्चालनमा आउने भएको छ। मुख्यमन्त्री राउतले जनताको गुनासो सुन्न घरघरमै पुग्ने प्रतिवद्धतासमेत जनाएका छन्।
यसैगरी प्रतिवद्धतापत्रमा प्रदेश दुईमा बढेको महंगी र कालोबजारी नियन्त्रण गर्ने विषयसमेत समेटिएको छ।