काठमाडौं । जुना फिल्म्सको ब्यानरमा निर्माण हुन लागिएको फिल्म जय शम्भुको घोषणा गरिएको छ। आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेको हो।
फिल्म घोषणासँगै फ्लोरमा गएको छ। फिल्ममा प्रशान्त ताम्राकार, अनुपविक्रम शाही र बर्षा शिवाकोटीको मूख्य भुमिका रहनेछ। फिल्म जय शम्भुबाट रोशन महर्जनले डेब्यु गर्दैछन्।
दिनेश शाही, अरविन्द्र शाक्य, चक्र पाख्रिन, राजकुमार नगरकोटी लगायतको लगानी रहने फिल्मलाई रुपेश तामाङले निर्देशन गर्नेछन्। ४५ दिनसम्म छायाँकन हुने फिल्म काठमाडौं र अन्नपूर्ण बेस क्याम्पमा खिचिने निर्माण पक्षले बताईएको छ।
हरि घले लामाले खिच्ने फिल्ममा श्री श्रेष्ठको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ। आगामी साउन १ गते रिलिज टार्गेट गरिएको फिल्ममा संगीत भने प्रदीप कँडेल र अर्जुन पोखरेलको रहने बताईएको छ।