PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

स्वयम्भूको भगवानपाउमा कारले ठक्कर दिँदा वृद्धाको मृत्यु, सनाखत हुन सकेन 



पहिलोपोस्ट

काठमाडौं: आइतबार बिहान स्वयम्भुस्थित भगवानपाँउमा बा ६ च २७७२ नम्बरको कारले ठक्कर दिँदा एकको मृत्यु भएको छ।

ठक्करबाट घाइते भएकी ६५ वर्षीया महिलाको मनमोहन अस्पतालमा उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। महिलाको सनाखत हुन सकेको छैन। 

बाटो काट्ने क्रममा उनलाई कारले ठक्कर दिएको थियो। प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell