PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

फिल्म ‘मिस्टर भर्जिन’को गीतमा देउडा भाकाको फरक प्रयोग



पहिलोपोस्ट

फिल्म ‘मिस्टर भर्जिन’को गीतमा देउडा भाकाको फरक प्रयोग

काठमाडौं: फिल्म 'मिस्टर भर्जिन'को पहिलो गीत 'टुल्की'मा देउडा भाकाको फरक प्रयोग गरिएको छ। एक साता अघि सार्वजनिक गीतको आइतबार भिडियो रिलिज गरियो। उक्त गीतमा सुदुर तथा मध्‍य पश्चिमको गीति भाका देउडाको झल्को दिने शब्द तथा संगीतको प्रयोग छ।

गीतमा सुरज पण्डितको स्वर, शब्द र संगीत रहेको छ। भिडियोमा फिल्मका मुख्य कलाकारहरू गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, भोलाराज सापकोटा, रविन्द्र झाको साथै श्रद्धा प्रसाई, स्मिृती पोख्रेल र इलियन मरान्डा फिचर्ड छन्।

विशारद बस्नेतको निर्देशित मिस्टर भर्जिनमा तीन युवाको यौन मनोविज्ञानको कथा देखाइन्छ। फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाँकन, विक्रम स्वाँर. दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित,  श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell