
काठमाडौं : यदि कतैबाट बाधा अवरोध नभए चौथो पटक तोकिएको समय आगामी चैत १४ गते अर्थात अबको एक महिनापछि अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनाव हुँदैछ।
अध्यक्ष पदका लागि संस्थापन पक्षबाट मणि कुँवर र परिवर्तनको नारा लगाएका एन्फाकै पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले उम्मेदवारी दिइसकेका छन्।
एक वर्षअघि भएको चुनावमा नरेन्द्र श्रेष्ठसँग पराजित भएको शेर्पाले यसपटक पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
शेर्पाले जित्नकै लागि चुनाव लड्ने बताए। 'खेल खेल्दा हारजित हुन्छ तर हामी जित्नकै लागि खेल्छौँ। निर्वाचन हार्ने चिन्ता छैन नियमअन्र निर्वाचन हुँदैन कि भन्ने चिन्ता छ। हामी हारेको मानसिकतामा छैनौँ।'
शर्माले चैत १४ गते तोकिएको चुनाव समयमै हुँदैन कि भन्ने शंका गरेका छन्। शेर्पा प्यानलले आइतवार काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दै चुनाव भाँड्नको लागि अझै पनि षड्यन्त्र भइरहेको आरोप लगाए। उनले यसको कारण यसरी दिए।
चुनावी कार्यक्रम कार्यतालिका अनुसार सञ्चालन हुनुपर्छ। जुन अहिले भइरहेको छैन।
निर्वाचन समितितीलाई काजतपत्र दिएको छैन। हिजो इन्डिपेन्डेन्ट काम गरेको निर्वाचन समितिलाई हाज सचिवालयले नै हस्तक्षेप गरिरहेको छ।
अपिल कमिटिले पनि पत्र पाएको छैन।
एन्फाले निर्वाचन प्रतिनिधिका लागि एफसी र फिफामा अझै पत्र पठाएको छैन।
निर्वाचनमा पराजित हुने अवस्था आए उनीहरुले एक-दुई मद्दा लगाएर पनि चुनाव सार्न सक्छन्।
निर्वाचन आचारसंहित लागु भएको छैन।
जिल्ला निर्वाचन पनि स्वतन्त्र रुपमा हुन सकेन। एन्फाले केही जिल्लामा आफुअनुकुल चुनाव गर्यो।
यस्तै चुनावका लागि शेर्पाले पार्दशिता, ग्रासरुट फुटबलको विकास र बालक अवस्थामा रहेको नेपाली फुटबलको विकास गरी ३ एजेन्डा अगाडी बढाएका बताए।
पारदर्शिता भन्नाले विधि र विधान अनुसार फुटबल संघ चल्नुपर्छ।
दोस्रो ग्रासरुट फुटबलको विकास गर्नुपर्छ। ४५ वटै जिल्लामा साना ठूला ट्रनिङ सेन्टर बनाउने, सात वटै प्रदेशमा महिला र पुरुषका लागि छुट्टा छुट्टै गरी १४ ट्रेनिङ सेन्टर बनाउने। त्यसका लागि फिफा र एफसीको मख् ताक्न भन्दा पनि हिसान, प्याब्सन, विधिन्न स्कुलसँग सहकार्य गर्ने
नेपाली बालक अवस्थामा छ। अब आफ्नो खुट्टामा उभिन सक्ने बनाउनुपर्छ। फुटबल क्लबलहरुलाई सस्टेनेबल बनाउने। क्लबहरुलाई ट्रेनिङ ग्राउण्डको व्यवस्था गर्ने। क्लब र जिल्लाहरुको प्रोफाइल बनाउने।
यी कामहरु गर्न सके नेपाली फुटबलको विकास हुने शेर्पाले बताए। उनले आफूहरु पनि पारदर्शी रुपमै चुनाव लड्ने र चुनावपछि सबै खर्च विवरण प्रस्तुत गर्ने जानकारी दिए।