PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप : आर्मी र एपीएफको दोहोरो जित

राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप : आर्मी र एपीएफको दोहोरो जित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : चौथो एनएसटी एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा विभागीय टिमहरु त्रिभुवन आर्मी र एपीएफले पहिलो दिन दोहोरो जित हात पारेका छन्।

नेपाल भलिबल संघको आयोजनामा आइतवारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डमा भएको प्रतियोगितामा आर्मी र एपीएफको महिला र पुरुष दुवै टोलीले सफलता हात पारे।

पुरुषतर्फ समूह सी मा एपीएफले बुढानिलकण्ठलाई ३-१ को सेटमा हरायो भने समूह डीको खेलमा आर्मीले ढोरपाटन स्पोर्ट्स क्लबलाई सोझो सेटमा पराजित गर्‍यो।

दुई टिम मात्र रहेको समूह्य डी बाट आर्मी समूह विजेता तथा ढोरपाटन समूह उपविजेता बन्दै क्वाटरफाइनल पुगेको छ।

एपीएफले बुढानिलकण्डलाई २५–१६,२७–२५ र २५–१४ को सेटमा हरायो। आर्मी २५–१५, २५–१३, २५–१३ को सोझो सेटमा विजयी हुँदै समूह विजेता बन्यो।

यस्तै महिलातर्फ विभागीय भिडन्तमा एपीएफले पुलिसलाई ३-० को सेटमा हरायो। समूह बी अन्तर्गत खेलमा एपीएफले पुलिसमाथि २५-१६, २७-२५, २५-१४ को जित हासिल गर्‍यो।

यस्तै महिलातर्फ समूह ए मा आर्मीले ढोरपाटनलाई २५–२०, २५–७, २५–६ को सेटमा हरायो।



ट्रेन्डिङ पोस्ट

Ncell