PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

एपीएफलाई महिला राष्ट्रिय क्रिकेटको उपाधि



पहिलोपोस्ट

एपीएफलाई महिला राष्ट्रिय क्रिकेटको उपाधि

धनगढी: सशस्त्र प्रहरी बलको एपीएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। आइतवार धनगढीको फाप्ला मैदान भएको फाइनलमा पूर्वाञ्चललाई ७ विकेटले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो। उसका लागि काजल श्रेष्ठले सर्वाधिक १८ र रोमा थापाले १२ रन बनाउनु बाहेक अन्य कसैले दोहोरो अंक छुन सकेनन्। बलिङमा एपीएफका लागि रेखा रावल, करुणा भन्डारी, सीता राना मगर, रितु कनोजीया र अन्जली चन्दले १–१ विकेट लिए।

६१ रनको लक्ष्य एपीएफले १६.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो। एपीएफको जीतमा ज्योती पाण्डेले सर्वाधिक २२ रन बनाए। यस्तै सरिता मगरले नटआउट १५ रनको योगदान दिए। बलिङमा पूर्वाञ्चलका सङ्गिता राई र शान्ति चौधरीले १-१ विकेट लिए।

विजेता एपीएफले नगद ५ लाख, मेडल र ट्रफी हात पार्‍यो। यस्तै उपविजेता पूर्वाञ्चलले २ लाख पुरस्कार प्राप्त गरे। व्यक्तिगत विधातर्फ भने पूर्वाञ्चलका खेलाडीको वर्चस्व रह्यो।

पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्री प्रतियोगिताको प्रलेअर अफ द सिरिज घोषित भइन्। यस्तै क्षेत्री नै उत्कृष्ट बलरसहित चुनिइन्। पूर्वाञ्चलकै काजल श्रेष्ठ उत्कृष्ट ब्याट्स वुमन घोषित भइन्। सुदूरपश्चिमाञ्चलकी लक्ष्मी साउद उदियमान खेलाडी घोषित भइन् भने सुदूरपश्चिमले नै फेयर प्ले को अवार्ड पायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell