PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडले चेल्सीलाई हरायो



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडले चेल्सीलाई हरायो

वैकल्पिक खेलाडी जेस लिनगार्डले गोल गरेपछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा पुनरागमन गर्दै चेल्सीमाथि जित हासिल गरेको छ। घरेलु मैदान ओल्डट्राफोर्डमा एक गोलले पछि परेको स्थिती उल्टाउँदै युनाइटेडले चेल्सीलाई २-१ ले हरायो।

जितपछि युनाइटेड लिभरपुललाई पछि पार्दै पुन: दोस्रो स्थानमा फर्किएको छ।

विलियनले ३२औँ मिनेटमा गोल गर्दै चेल्सीलाई पहिले अग्रता दिलाएका थिए। तर त्यो लामो समय टिक्न सकेन। ३९ औँ मिनेटमा रोमेलु लुकाकुले बराबरी गोल फर्काए।

दोस्रो हाफमा मैदान एन्टोली मार्यलको स्थानमा मैदान प्रवेश गरेका लिनगार्डले ७५औँ मिनेटमा गरेको गोल युनाइटेडलाई ३ अंक दिलाउन निर्णायक बन्यो।

जितपछि २८ खेलबाट ५९ अंक जोड्दै युनाइटेड दोस्रो स्थानमा छ। २७ खेलबाट ७२ अंक जोडेको म्यानचेष्टर सिटी शीर्ष स्थानमा आसिन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell