PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

ला लिगा : एट्लेटिकोको जितमा ग्रीजमनको ह्याट्रिक



पहिलोपोस्ट

ला लिगा : एट्लेटिकोको जितमा ग्रीजमनको ह्याट्रिक

एन्टोनी ग्रीजमनको ह्याट्रिक मद्दतमा एट्लेटिको मड्रिडले गएराती ला लगामा सेभियालाई ५-२ ले पराजित गरेको छ।

डिएगो कोस्टाले २९औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएको एट्लेटिकोका लागि ग्रीजमनले ४२औँ मिनेटमा आफ्नो पहिलो गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाए। ५१औँ मिनेटमा ग्रीजमनले व्यक्तिगत दोस्रो गोल गरे। कोकेले ६५औँ मिनेटमा एट्लेटिकोका लागि चौथो गोल गरे भने ८१औँ मिनेटमा ग्रीजमनले आफ्नो ह्याट्रिक पूरा गर्दै एट्लेटिकोका लागि पाँचौ गोल गरे।

घरेलु टोली सेभियाको लागि खेलको अन्त्यतिर पाब्लो साराविया र नोलिटोले गोल फर्काएका थिए।

जितपछि २५ खेलबाट ५८ अंक जोडेको एट्लेटिकोले शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी ७ मा झारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell