PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

माओवादी संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली



पहिलोपोस्ट

माओवादी संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली

सुर्खेतः नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली चयन भएकी छन्।

माओवादी केन्द्रका तर्फबाट सुर्खेतबाट निर्वाचित सांसद सीता नेपालीलाई कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा चयन गरिएको सांसद कृष्णा शाहले जानकारी दिए। नेपाली यसअघि संविधानसभा तथा व्यवस्थापिकामा संसदीय दलको सचेतकको भूमिकामा थिइन्।

संसदीय दलका अन्य पदाधिकारी संसदीय दलको मस्यौदा नियमावली निर्माण भएपछि मात्रै चयन गरिने सांसद शाहले बताए।

पार्टीका तर्फबाट प्रदेश सरकारको मन्त्री बन्ने दाबी गरेकी सांसद नेपालीलाई कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतक बनाइएको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell