PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

बाग्लुङका युवाले महावीर पुनको आविष्कार केन्द्रलाई जुटाए आर्थिक सहयोग



पहिलोपोस्ट

बाग्लुङका युवाले महावीर पुनको आविष्कार केन्द्रलाई जुटाए आर्थिक सहयोग

बागलुङः ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेबारी’ नामक युवा समूहले राष्ट्रिय आविष्कार केन्द्रको लागि ७६ हजार रुपैयाँ आर्थिक सहयोग जुटाएको छ। 

गत असारमा शुरु भएको ‘महावीर पुनलाई हाम्रो साथ’ अभियानबाट सो रकम संकलन भएको हो। उक्त रकम आविष्कार केन्द्रमा पठाएको समूहका अध्यक्ष सोम शर्माले जानकारी दिए। 

अपेक्षा गरेअनुसार रकम नजुटे पनि युवाको प्रयास सार्थक बनेको उनको भनाइ छ। राष्ट्रिय आविष्कार केन्द्र राष्ट्रिय मुद्दासँग जोडिएकाले सहयोग अभियान चलाइएको अध्यक्ष शर्माले बताए। 

समूहले चलाएको अर्थ सकंलन अभियानमा ४० संघसंस्था र व्यक्तिले सहयोग गरेका छन्। अभियानको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले शुभारम्भ गरेका थिए। 

सामाजिक अभियान्ता समेत रहेका पुनले आविष्कार केन्द्रको लागि अपेक्षित रकम नजुटेपछि केही समयअघि आफूले पाएका पदक तथा पुरस्कार बिक्रीमा राखे। 

आविष्कार केन्द्रलाई सघाउन नागरिक स्तरबाट स्वतःस्फूर्त रुपमा आर्थिक संकलन अभियान चलिरहेको छ। पुनका अनुसार हालसम्म पाँच करोड रुपैयाँ भन्दा बढी रकम संकलन भइसकेको छ। 

सरकारले पनि आविष्कार केन्द्रको लागि आर्थिक सहायता दिने प्रतिबद्धता जनाउँदै आएको छ। वैज्ञानिक खोज अनुसन्धान गर्न र नेपाली जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न पुनले राष्ट्रिय आविष्कार केन्द्रको अवधारणा अघि सारेका हुन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell