बेइजिङः राष्ट्रपति सी जिनपिङलार्इ पुनः अर्को कार्यकालका लागि राष्ट्रपति हुने बाटो खुला गर्ने गरी प्रस्ताव तयार भएपछि सामाजिक सञ्जालमा त्यसको विरोध सुरू भएको छ। अर्को तिर सीलार्इ उत्तर कोरियाली नेता किम जोङ उन र उनको परिवारसँग जोडेर अालोचना समेत सुरू भएको छ।
चिनियाँ कम्यूनिष्ट पार्टी (सीपीसी)ले संविधानमा रहेको २ कार्यकाल मात्रै राष्ट्रपति बन्न पाउने प्रावधानलार्इ हटाउने प्रस्ताव अाइतबार सार्वजनिक गरेको थियो। ग्लोवल टाइम्सले अनुसार चीनले राज्यका अंगहरूको पर्यवेक्षी अायोगहरू गठन गर्ने गरी संविधान संशोधनको तयारी थालेको जनाएको छ।
यो प्रावधान परिवर्तन भएमा वर्तमान राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति पदमा कायम रहन बाटो खोल्नेछ। राष्ट्रपति सी जिनपिङको अहिलेकै अवस्थामा आगामी २०२३ मा कार्यकाल सकिनेछ। यद्यपि, उनले त्यसपछि पनि पदमा बहाल रहन खोजेको अनुमान गरिँदै आएको छ।
अाइतबार सार्वजनिक संशोधन प्रस्ताबमा ती अायोगहरूलार्इ प्रशासनीक, न्यायीक अंगहरू जस्तै राज्यको अंगको रूपमा राखिने उल्लेख छ।
यो प्रस्ताव सार्वजनिक भएसँगै अाइतबार सामाजिक सञ्जालमा विरोध सुरू भएका छन्। यस्ता विरोधका अावजहरू दवाउनका लागि चीनले सामाजिक सञ्जालमाथि निगरानी थालेको छ।
त्यस्तै चीनले अाँफू नियन्त्रित मिडियाहरूमा प्रस्तावको पक्षमा सामाग्रीहरू प्रकाशन र प्रशारण गर्न थालेको छ।
अाइतबार सामाजिक सञ्जालमा विरोधका अावाज अाएसँगै चीनले सोमबार 'प्रोपोगाण्डा' स्वरूप राष्ट्रपति सी र संशोधनको पक्षमा रहेका लेख तथा सम्पादकीय प्रकाशन सुरू गरेको रोयटर्सले जनाएको छ।
सो प्रस्ताव अर्को महिना हुने चिनियाँ जनकंग्रेसको बैठकले पारित गर्ने छ। यो बैठकले सीको राजनीतिक विचारलार्इ संविधानमा समावेश गर्ने छ। सीको विचारधारा चिनियाँ कम्यूनिष्ट पार्टीको विधानमा समावेश भइसकेको छ।
सामाजिक सञ्जालमा सी परिवारको अधिनायकवादी शासन स्थापित हुने भन्दै विरोध भएको छ।
चिनियाँ सामाजिक सञ्जालबाट ती सामाग्रीहरू हटाइएका छन् भने ट्वीटरमा #two term limit मा गरिएका ट्वीटहरू समेत हटाउन थालिएको रोयटर्सले जनाएको छ।
विरोधका अावजसँगै ग्लोबल टाइम्सले पर्यवेक्षकहरूले चीनमा स्थायी नेतृत्व चाहिने भनेको भन्दै समाचार प्रकाशित गरेको छ।
त्यस्तै संविधान संशोधनले सीपीसीको नेतृत्वमा सुधार अाउने भन्दै ग्लोवल टाइम्सले नै सम्पादकीय प्रकाशित गरेको छ।