PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्समा भीषण आगलागी

पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्समा भीषण आगलागी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्समा भीषण आगलागी भएको छ। ग्यास लिक भइ आगलागी सुरु भएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणका लागि अहिले प्रयास भइरहेको छ।

सेयर मार्केट भवनको पाँथौँ तलाबाट आगलागी सुरु भएको हो। वरिपरिका अन्य दुई घरमा पनि आगो फैलिएको छ। करिव १० बजेबाट आगलागी सुरु भएको हो।  पाँचौँ तलमा आगलागीबाट क्षति पुगेको छ। क्षतिको विवरण पूर्ण रुपमा आइसकेको छैन। 

आगलागी नियन्त्रणका लागि ६ वटा दमकल प्रयोग भएका छन्। जुद्ध वरुण यन्त्र काठमाडौं र भक्तपुरका गरी ४, काठमाडौं महानगरपालिका २ वटम दमकल आगलागी नियन्त्रणको प्रयासमा छन्।
 


ट्रेन्डिङ पोस्ट

Ncell