
काठमाडौँः पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्समा लागेको आगो नियन्त्रणमा आएको छ। एनआइइसी कन्सल्टेन्सीबाट सुरु भएको आगलागी करिव एक घन्टामा नियन्त्रणमा आएको हो। ६ वटा दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइएको थियो।
ग्यास लिक भइ सुरु भएको आगलागीबाट सेयर मार्केट कम्प्लेक्सको पाँचौं तला पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। क्षतिको यकिन विवरण भने आइनसकेको प्रहरीले जनाएको छ।
बिहान करिव १० बजेबाट आगलागी सुरु भएको थियो। ६ दमकलको सहायताले सवा घन्टामा आगलागी नियन्त्रणमा आएको हो।
आगलागी नियन्त्रणका लागि ६ वटा दमकल प्रयोग भएका थिए। जुद्ध वरुणयन्त्र काठमाडौं र भक्तपुरका गरी ४, काठमाडौं महानगरपालिका २ वटा दमकल आगलागी नियन्त्रणका लागि प्रयोग भएका थिए।