PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

युद्धविरामको प्रस्ताव पारित भए पनि सिरियामा रोकिएन् हिंशा



पहिलोपोस्ट

युद्धविरामको प्रस्ताव पारित भए पनि सिरियामा रोकिएन् हिंशा

वेरूतः राष्ट्र संघको सुरक्षा परिषदले ३० दिनको युद्धविराम पारित गरेको केही घण्टा वित्न नपाउँदै सिरियाको सरकारी सेनाले अाइतबार दामस्कसको एक बस्तीमा हवाइ तथा स्थल अाक्रमण गरेको छ। 

विद्रोहीको अाश्रयस्थल रहेको भन्दै सरकारी सेनाले अाक्रमण गरेको लस एन्जल्स टाइम्सले जनाएको छ। अाक्रमणमा १६ जना मारिएको समाचारमा उल्लेख छ। 

अाइतबार साँझ पनि बस्तीमा अाक्रमण भएको न्यूयोर्क टाइम्सले जनाएको छ। 'बास्तविक रूपमा यहाँ कुनै युद्भविराम भएको छैन्,' गुटाका सरकार विरोधी अभियन्ता फिरास अब्दुल्लाले इन्टरनेट च्याटमा भने, 'असादका युद्धविमान र रूसका युद्भविमानहरूले अझै पनि गुटामा अाग्रम जारी राखेका छन्, अहिले मैले कुरागरिरहँदा पनि असादको सेनाको हेलिकोप्टर हामी माथि उडिरहेको छ।'

युद्धविराम घोषणाको केही समयमा नै सरकारी सेनाले अाक्रमण थालेको र विद्रोहीहरूले समेत राजधानी दामस्कसमा मोटार सेल प्रहार गरेको समाचारमा उल्लेख छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell