PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

कराते प्रशिक्षक एवं खेलाडी सम्मानित



पहिलोपोस्ट

कराते प्रशिक्षक एवं खेलाडी सम्मानित

काठमाडौं: सरस्वती उच्च माध्यमिक विद्यालय जोरपाटीले उत्कृष्ट वर्ष प्रशिक्षक र खेलाडीलाई सम्मान गरेको छ।
प्रशिक्षक पुरुषोत्तम पोखरेल र खेलाडीतर्फ कुईसाङ लामा सम्मानित भएका हुन्।

वर्ष भर सहभागिता जनाएको प्रतियोगितामा शत प्रतिशत नतिजा ल्याउन सफल भएकाले कुईसाङ उत्कृष्ट घोषित भएका हुन्। सम्मानित व्यक्तिहरुलाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, उपमेयर शान्ति नेपाल, वडा नम्बर ८ का अध्यक्ष मनोज ढुंगाना लगायतले खादा र सम्मान पत्र प्रदान गरे।


सम्मानित प्रशिक्षक पोखरेलका अनुसार उनको प्रशिक्षणमा रहेका खेलाडीले वर्षभर सहभागिता जनाएको विभिन्न प्रतियोगितामा ३० स्वर्ण ३५ रजत र ६० कास्य पदक जित्न सफल भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell