PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

'ब्ल्याक'को फस्टलुकमा आँचल र आकाश



पहिलोपोस्ट

'ब्ल्याक'को फस्टलुकमा आँचल र आकाश

काठमाडौं: फिल्म 'ब्ल्याक'को फस्टलुक रिलिज भएको छ। अभिनेत्री आँचल शर्मा र आकाश श्रेष्ठ पोस्टरमा फिचर्ड छन्। प्रचार सामाग्रीका रुपमा सार्वजनिक चार पोस्टरहरुले प्रेम कथाको थिम बोल्छ। 

आश्मा फिल्मसको ब्यानरमा बनेको फिल्मले रिलिज मिति पनि तय गर्‍यो। फिल्म जेठ ११ गते सार्वजनिक हुने भएको हो। निर्देशक प्रदिप श्रेष्ठले भने,'ब्ल्याक फिल्मले आजसम्म हलमा नपुगेका नयाँ दर्शकलाई समेत आकर्षित गर्नेछ।' 

एक्सन लभस्टोरी जनराको फिल्म मौनता श्रेष्ठको लेखनमा तयार भएको हो। 'ब्ल्याक'मा महेश खड्का र प्रतिक पौडेलको संगीत छ भने द्वन्द्व निर्देशन चन्द्र पन्तले गरेका छन्। रामजी लामिछानेको कोरियोग्राफी समावेश हुँदा सम्पादन अर्जुन जिसीको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell