PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

‘लम्फू’को गीति भिडियोमा यस्तो देखिइन् तरकारीवाली



पहिलोपोस्ट

‘लम्फू’को गीति भिडियोमा यस्तो देखिइन् तरकारीवाली

काठमाडौं: नेपाली फिल्म ‘लम्फू’को पहिलो गीत ‘सँगै जिउने सँगै मर्ने’को भिडियो रिलीज भएको छ। तीन साता अघि सार्वजनिक गीतको भिडियोमा मुख्य कलाकाहरु कविर खड्का, मरिश्का पोखरेल, कुशुम श्रेष्ठ उर्फ तरकारीवाली, चाँदनी शर्मा र सञ्जित भण्डारी फिचर्ड छन्।

बैशाख २८ रिलीज टार्गेट रहेको ‘लम्फू’को गीतको भिडियो रामजी लामिछानेले कोरियोग्राफ गरेका हुन्। अर्जुन पोखरेलको संगीत रहेको गीतमा शुरेष लामा र अप्सरा घिमिरेको स्वर रहेको छ।

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा सलोन बस्नेतको पनि प्रमूख भुमिका रहेको छ। फिल्ममा कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की लगायतको अभिनय रहेको छ। यो चलचित्रमा एक युवाको जीवनमा नचाहेरै आइपर्ने विभिन्न उतारचढाव पाइने निर्देशक लामिछानेले बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell