PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

प्रदेश ५ मा कांग्रेस संसदीय दलको नेता बन्न पाँच आकांक्षी, निर्वाचन मिति भने सरेको सर्‍यै



चन्द्रकान्त खनाल

प्रदेश ५ मा कांग्रेस संसदीय दलको नेता बन्न पाँच आकांक्षी, निर्वाचन मिति भने सरेको सर्‍यै

रुपन्देहीः कांग्रेस पाँच नम्बर प्रदेश संसदीय दलको नेताको निर्वाचनको मिति फेरि सरेको छ । आजका लागि तय गरीएको निर्वाचन फागुन २७ गतेसम्मका लागि स्थगित भएको कांग्रेस रुपन्देहीले जनाएको छ। 

प्रदेश सभाको बैठक फागुन २७ गतेका लागि सरेपछि कांग्रेसका प्रदेश सभा सदस्यहरुले दलको नेताको निर्वाचनको मिति सार्न आग्रह गरेपछी मिति २६ गतेका लागि सारिएको निर्वाचन समितिले जनाएको छ।

कांग्रेस संसदीय दलको नेताका लागि धेरै जना आकांक्षी भएपछि नेताहरुलाई मिलाउन गाह्रो परेको हो। कांग्रेसले ५ नम्बर प्रदेशको संसदीय नेता चयन गर्न केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई खटाएको छ। सहमतिको प्रयास गर्दा पनि ५ जनाले अडान नछाडेपछी मतदानबाट नेता टुग्याउने पक्षमा खाँण लगायतका नेताहरु पुगेका छन। 

निर्वाचन गराउन कांग्रेसले अधिवक्ता बुद्धबहादुर थापाको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ। फागुन ६ गते बलदेव शर्मा, बीर बहादुर राना, बीरेन्द्र कनोडीया, फकरुदिन खा र डिल्ली चौधरीले उम्मेद्वारी दर्ता गराईसेका छन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell