PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

नेविसंघ प्रवक्तामा नियुक्त भएपछि जोशीले भने – ध्यान महाधिवेशन तयारीमा  



पहिलोपोस्ट

नेविसंघ प्रवक्तामा नियुक्त भएपछि जोशीले भने – ध्यान महाधिवेशन तयारीमा  

काठमाडौंः नेपाल विद्यार्थी संघको प्रवक्तामा प्रेमराज जोशी नियुक्त भएका छन् । 

नेविसंघका अध्यक्ष नैनसिंह महरले ११ औं महाधिवेशनको सत्र महिनापछि आइतबार नेविसंघका सहमहामन्त्रीसमेत रहेका जोशीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्। 

नेविसंघको महाधिवेशन नजिक रहेकोले अब महाधिवेशन केन्द्रीत कार्यक्रममा ध्यान दिइने प्रवक्ता जोशीले बताए।

‘निर्वाचनको लामो समयपछि नेविसंघले मलाई प्रवक्ताको जिम्मेवारी थमाएको छ, अर्को महाधिवेशन ६ महिना बाँकी छ,’ प्रवक्तामा नियुक्त भएपछि जोशीले भने, ‘हाम्रो मुख्य ध्यान महाधिवेशन तयारी हुनेछ।’ पदाधिकारीलगायत मनोनयन ढिलाईले नेविसंघले प्रवक्ता पाएको थिएन।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell