PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प



पहिलोपोस्ट

पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प

बेइजिङः पपुवा न्यु गिनीमा सोमबार विहान शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार विहान १ः४४ मिनेट जाँदा  ७.५ म्याग्निच्युडको भूकम्प गएको गएको चीनको भूकम्प मापन केन्द्रले जानकारी दिएको सिन्ह्वाले जनाएको छ। 

यस भूकम्पको विस्तृत विवरण प्राप्त भएको छैन। पपुवा न्यू गिनीको भू-प्रकोप व्यवस्थापन कार्यालयका निमित्त निर्देशक क्रिस म्याकीले भूकम्प प्रभावित क्षेत्रका दशौँ लाख मानिस प्रभावित भएको जनाएका छन्। 

भूकम्पको केन्द्रबिन्दु पोर्गेराको उत्तरपश्चिम ८९ किलोमिटर टाढा थियो। यो क्षेत्र यहाँको डूलो सुनखानी भएको क्षेत्र हो। 

यो क्षेत्रमा तेल तथा ग्यास खानी रहेको क्षेत्र हो। यहाँ २ हजार ५०० मानिसहरूको बसोबास रहेको छ। 

भूकम्पको धक्का इन्डोनेशिया सम्म महशुस भएको थियो। क्षतीको विवरण हालसम्म प्राप्त भएको छैन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell