PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

प्रदेश १ मा कार्यव्यवस्था परामर्श समिति र नियमावली मस्यौदा समिति गठन



अनन्तराज न्यौपाने

प्रदेश १ मा कार्यव्यवस्था परामर्श समिति र नियमावली मस्यौदा समिति गठन

विराटनगर: प्रदेश १ मा कार्यव्यवस्था परामर्श समितिको गठन गरिएको छ। सभामुख प्रदीपकुमार भण्डारीका अध्यक्षतामा उपसभामुख र प्रदेशको कानुनसम्बन्धी विषय हेर्ने मन्त्री क्रमशः उपाध्यक्ष र पदेन सदस्य रहने गरी समितिको गठन गरिएको हो।

समितिले सभामुखले आवश्यक ठहर्याएका तथा अन्य विषयमा परामर्श दिने छ। प्रदेश सभाका बैठकमा पेश हुने विषयको प्राथमिकता र समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्न समितिले परामर्श दिने बताइएको छ।

समितिमा सांसद्हरू इन्द्रमणि पराजुली, बुद्धिकुमार राजभण्डारी, जसमाया गजमेर, केदार कार्की, मोहनबहादुर खड्का, जयराम यादव, इन्दिरा राई र विष्णु तुम्बाहाम्फेलाई राखिएको सभामुख भण्डारीले प्रदेश सभाको बैठकमा जानकारी गराए।

बैठकले सांसद् लीलावल्लभ अधिकारीको संयोजकत्वमा ११ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको छ।

संविधानको धारा १९४ बमोजिम प्रदेश सभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र समितिको गठन, कामकारबाही र अन्य कुरा नियमित गर्न प्रदेश सभा नियमावली आवश्यक रहेको सभामुख भण्डारीले बताए।

समितिमा संयोजक अधिकारीसहित उत्तमकुमार बस्नेत, एकराज कार्की, सावित्रा रेग्मी, सूयर्माराज राई, शान्तादेवी पौडेल, झलकबहादुर मगर, रामकुमार राई, रामचन्द्र लिम्बू, इन्दिरा राई र विष्णु तुम्बाहाम्फे छन्।

प्रदेश सभाको अर्को बैठक चैत ७ गते बस्ने सभामुख भण्डारीले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell