PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

ओली क्यबिनेटमा थपिए ४ मन्त्री, युवराज खतिवडाको अर्थ मन्त्रीमा इन्ट्री, माओवादीबाट २ को प्रतिनिधित्व



बीपी साह

ओली क्यबिनेटमा थपिए ४ मन्त्री, युवराज खतिवडाको अर्थ मन्त्रीमा इन्ट्री, माओवादीबाट २ को प्रतिनिधित्व

काठमाडौं : प्रधान मन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदमा चार सदस्य थपिएका छन्। सरकारमा थपिएका मन्त्रीहरुमा ईश्वर पोखरेल, रामबहादुर थापा, मात्रिका यादव र युवराज खतिवडा छन्।

राष्ट्रपति भवन सितल निवासमा चारैजनाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। थपिएका मन्त्रीहरुमा ईश्वर पोखरेलले रक्षा मन्त्रालय सम्हाल्ने छन् भने रामबहादुर थापाले गृह। त्यस्तै मात्रिका यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्दैछन्। डाक्टर युवराज खतिवडाले भने अर्थ मन्त्रालय सम्हाल्दैछन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले थपिएका मन्त्रीहरुलाई सपथ ग्रहण गराएकी हुन्। 

थपिएका मन्त्रीसहित मन्त्रिपरिषद सदस्य संख्या ७ पुगेको छ। आज थपिएका दुई मन्त्री माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्दैछन्। पार्टी एकीकरणको प्रकृया जारी रहे पनि सरकार गठन हुँदा माओवादीले मन्त्री पठाएको थिएन। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell