PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

इराकमा टर्कीका १६ महिलालाई मृत्युदण्डको सजाय



पहिलोपोस्ट

इराकमा टर्कीका १६ महिलालाई मृत्युदण्डको सजाय
फोटो श्रोत: news.abs-cbn.com

बग्दाद: इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आइएस) समूहसँग आवद्ध भएको अभियोगमा टर्कीका १६ महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ। 

यहाँको एक अदालतका प्रवक्ता अब्दुल सत्तार अलले उक्त कुराक  । इराकको सर्वोच्च न्याय परिषद्का प्रवक्ताका अनुसार ती महिलाहरुले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ । 

न्यायाधीशका अनुसार ती महिलाहरूले आइएस लडाकूहरूसँग बिहे गरेको र आवश्यक सामग्री उपलब्ध गराएर लडाकूहरूलाई आक्रमणका लागि सघाएको स्वीकारेका छन्। 

ती महिलाहरूको उमेर २० देखि ५० वर्षसम्मको रहेको र उनीहरुलाई कालो पोशाकमा गत आइतबार बग्दादस्थित फौजदारी अदालतमा उपस्थित गराइएइको थियो। 

ती १६ महिलामध्ये चार जनाको स–साना बालबालिका पनि रहेका जनाइएको छ। आइएस लडाकूहरुको आफन्त भएको आशङ्कामा कम्तीमा ५६० जना महिला र ६०० बालबालिका इराकमा पक्राउ परेका एएफपी समाचार समितिले जानकारी दिएको छ। 


सजाय सुनाइएकामध्ये एक महिलाले आइएस लडाकूहरूसँग इराकी फौजविरूद्ध आफूले लडाई गरेको न्यायाधीशसमक्ष स्वीकार गरेकी अदालतका एक अधिकारीले बताएका छन्। 

सन् २०१७ मा मोसुल सहरका लागि भएको लडाइमा लडेको आरोपमा गत जनवरीमा एकजना जर्मन महिलालाई मृत्युदण्ड सुनाइएको थियो। यसै महिनाको शुरूतिर पनि टर्कीकी एक महिलालाई मृत्युदण्ड दिइएको थियो भने अरू १० जनालाई आजीवन कारावासको सजाय सुनाइएको पनि समाचारमा जनाइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell