PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

शाखा अधिकृतबाट रिटायर्ड पछि सुब्बामा करार! एयरपोर्ट भन्सारमा समातिए घुससहित



पहिलोपोस्ट

शाखा अधिकृतबाट रिटायर्ड पछि सुब्बामा करार! एयरपोर्ट भन्सारमा समातिए घुससहित

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका करार नायव सुब्वालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

आयोगको टोलीले ६४ वर्षीय राजदीप शाक्यलाई घुस सहित पक्राउ गरेको हो। शाक्य केही समय अघि शाखा अधिकृतबाट अवकाश भए पनि करारमा फेरी विमानस्थलको भन्सारमा नै जागिर खाएको भेटिएको छ। शाक्यले विदेशबाट अवैधरुपमा सुनका गरगहना छुटाइदिने भन्दै रकम असुली गर्ने गरेको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell