
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा राष्ट्रिय सभाबाट दुई जना मन्त्री बनेका छन्। राष्ट्रिय सभा सदस्य रामबहादुर थापा ‘बादल’ र डा. युवाराज खतिवडा मन्त्री बनेका हुन्। बादलले गृह मन्त्रालय सम्हालने छन् भने खतिवडाले अर्थ।
आज ४ जनाले मन्त्री पदको सपथ लिएपछि ओली क्याबिनेटमा सदस्य संख्या सात पुगेको छ।
बादल राष्ट्रिय सभा सदस्य निर्वाचन खुल्ला समुहतर्फ प्रदेश नम्बर ३ बाट निर्वाचित सदस्य हुन्। बादललाई जिताउन भन्दै एमालेका राष्ट्रिय सभा उम्मेदवार बेदुराम भुसालले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।
यस्तै अर्थ मन्त्री खतिवडा राष्ट्रिय सभामा मनोनित सदस्य हुन्। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रिय सभा सदस्यमा मनोनित भएका हुन् खतिवडा। उनी नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत हुन्।