
काठमाडौं: मार्च ४ देखि जिम्बावेमा हुने आइसीसी वान डे वर्ल्डकप क्वालिफायरका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली जिम्बावे पुगिसकेको छ।
क्वालिफायरको समूह बी मा रहेको नेपालले घरेलु टोली जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग प्रतिस्पर्धा गर्नेछ।
त्यसअघि नेपालले आज युएईसँग पहिलो तथा बिहीबार हङकङसँग दोस्रो अभ्यास खेल खेल्नेछ।
टेष्ट मान्यताप्रपात जिम्बावेसँग नेपालले पहिलोपटक एक दिवसीय क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो र नेपालले मार्च ४ मा पहिलो खेल जिम्बावेसँग नै खेल्दैछ।
यस्तै केही समयअघि मात्रै टेष्ट मान्यता पाएको र आगामी जुनमा भारतसँग पहिलो टेष्ट खेल्न लागेको अफगानिस्तान तथा एक दिवसीय मान्यताप्राप्त हङकङ नेपालको लागि चिरपरिचित प्रतिस्पर्धी हुन्। तर नेपालले ४ वर्षयता अफगानिस्तानसँग सिनियर लेभलमा कुनै पनि क्रिकेट खेलेको छैन। सन् २०१४ मा नेपालले अफगानिस्तानसँग एसीसी प्रिमियर ट्रफीमा खलेको थियो। जसमा नेपाल पराजित भएको थियो।
सन् २०१४ मा बंगलादेशमा भएको टी-२० वर्ल्डकपमा भने नेपालले अफगानिस्तानलाई पराजित गरेको थियो।
यता हङकङ र स्कटल्याण्डसँग भने नेपालले २०१५-१७ को वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा खेलेको थियो। स्कटल्याण्डसँग २ तथा हङकङसँगको १ खेलमा नेपाल पराजित भएको थियो। हङकङविरुद्धको एक खेल भने वर्षाका कारण रद्द भएको थियो।
त्यसअघि सन् २०१४ मा न्यूजिल्याण्डमा भएको वान डे वर्ल्डकप क्वालिफायरमा भने नेपाल हङकङ र स्कटल्याण्ड दुवैसँग पराजित भएको थियो।
यद्यपि सन् २०१७ मा बंगलादेशमा भएको एसीसी इमर्जिङ कपमा भने नेपालले हङकङलाई हराएको थियो।
यी चार टोलीसँग नेपालले अब जिम्बावेमा क्वालिफायरको समूह चरणमा प्रतिस्पर्धा गर्नेछ। समूह चरणमा शीर्ष ३ मा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछ। सुपर सिक्सको शीर्ष दुई टोली सन् २०१९ मा हुने वर्ल्डकपमा छनोट हुनेछ।
नेपालका कप्तान पारस खड्काले जिम्बावे जानुअघि आफूहरुको लक्ष्य सुपर सिक्समा पुग्नु र वान डे स्ट्याटस पाउनु भएको बताएका थिए। यदि पारसले भनेको जस्तो हुन सके नेपालको लागि त्यो ऐतिहासिक उपलब्धि हुनेछ। नेपालले चार वर्षका लागि वान डे मान्यता पाउँनेछ भने वर्ल्ड क्रिकेट लिग, इन्टरकन्टिनेन्टल लिग लगायत विभिन्न क्रिकेट खेल्ने मौका पाउँनेछ।
यदि क्वालिफायरमा सहभागी १० मध्ये अन्तिम दुई स्थानमा रह्यो भने नेपाल पुन: डिभिजन टू मै झर्नेछ।
यस्तो छ हेड टु हेड रेकर्ड
नेपाल भर्सेस जिम्वावे -०
नेपाल भर्सेस अफगानिस्तान
खेल ७
अफगानिस्ता विजयी ६
नेपाल विजयी १
*२००४ एसीसी ट्रफी पाँचौ स्थान प्लेअफ
नेपाल १४७ (४८.२ ओभर) अफगानिस्तान १०० (४१.२ ओभर)
नेपाल ४७ रनले विजयी
२००६ एसीसी ट्रफी तेस्रो स्थान प्लेअफ फाइनल
अफगानिस्तान २७०/८ ५० ओभर नेपाल ११५/ ३७.४ ओभर
अफगानिस्तान डिएलमा ६४ रनले विजयी
२००८ आइसी डब्लुसिएल डिभिजन ५ सेमिफाइनल
अफगानिस्तान १४२ -४९.३ ओभर नेपाल १०५ -४५.५ ओभर
अफगानिस्तान ३७ रनले विजयी
२००८ एसीसी ट्रफी इलाइट तेस्रो स्थान
नेपाल २१०/८ ५० ओभर नेपाल २१३/७ ४८.२ ओभर
अफगानिस्तान ३ विकेटले विजयी
२०१० एसीसी ट्रफी इलाइट फाइनल
अफगानिस्तान २२४ -५० ओभर नेपाल १२९ -४० ओभर
अफगानिस्तान ९५ रनले विजयी
२०१३ एसीसी इएमर्जिङ कप
अफगानिस्तान १६९/९ -५० ओभर नेपाल १५७ -४५.३ अफगानिस्तान डिएलमा ३ रनले विजयी
२०१४ एसीसी प्रिमियर लिग
नेपाल १२८/९ -३२ ओभर अफगानिस्तान २६२ -४९.३ ओभर
अफगान डिएलमा १०८ रनले विजयी
नेपाल भर्सेस स्कटल्याण्ड
खेल ३
स्कटल्याण्ड विजयी ३
नेपाल ०
२०१४ वर्ल्डकप क्वालिफायर
स्कटल्याण्ड २४९/७ -५० ओभर नेपाल -१५९ ४६.१ ओभर
स्कटल्याण्ड ९० रनले विजयी
२०१५ डब्लुसिएल
स्कटल्याण्ड २३५/७ -३६ ओभर नेपाल २३२/५ -३६ ओभर
स्कटल्याण्ड ३ रनले विजयी
२०१५ डब्लुसिएल
नेपाल १६७ -४९.१ ओभर स्कटल्याण्ड १११ -१३.१ ओभर
डिएलमा स्कटल्याण्ड ९ विकेटले विजयी
नेपाल भर्सेस हङकङ
कुल खेल १२
नेपाल विजयी ६
हङकङ विजयी ५
रद्ध १
१९९६ एसीसी ट्रफी इलाइट
नेपाल १३७ -४९ ओभर हङकङ १३९/४ -३३.३ ओभर
हङकङ ६ विकेटले विजयी
१९९८ एसीसी ट्रफी इलाइट
नेपाल १५० -३८ ओभर हङकङ १५४/४ -२८.१ ओभर
हङकङ ६ विकेटले विजयी
२००० एसीसी ट्रफी इलाइट
हङकङ २६८/३ -५० ओभर नेपाल ८९ रनमै अलआउट २४ ओभर
हङकङ १७९ रनले विजयी
२००६ एसीसी ट्रफी इलाइट
नेपाल २११/७ -५० ओभर -१२४ ४३.३ ओभर
नेपाल ८७ रनले विजयी
२००८ एसीसी ट्रफी इलाइट
नेपाल २४५/७ -५० ओभर हङकङ २०१/९ -५०ओभर
नेपाल ४४ रनले विजयी
२०१० एसीसी ट्रफी इलाइट
नेपाल २३६/७ -५० ओभर हङकङ ११८ -३३.४ ओभर
नेपाल ११८ रनले विजयी
२०१२ एसीसी ट्रफी इलाइट
नेपाल २२५/५ ५० ओभर, हङकङ १०० -३७ ओभर
नेपाल १२५ रनले विजयी
२०१४ एसीसी प्रिमियर लिग
हङकङ १८१ -४१.५ नेपाल १४७/३ -३४.१
नेपाल डिएलमा ७ विकेटले विजयी
२०१४ वर्ल्डकप क्वालिफायर
नेपाल १५० -४९.३ ओभर हङकङ १५४ -३३.२ ओभर
हङकङ १० विकेटले विजयी
२०१७ एसीसी इमर्जिङ कप
हङकङ २१४ -५० ओभर नेपाल २२०/३ -४४.२ ओभर
नेपाल ७ विकेटले विजयी
२०१७ डब्लुसिएल
हङकङ १९४ -५० ओभर नेपाल १११ -३४.५ ओभर
हङकङ ८३ रनले विजयी
२०१७ डब्लुसिएल रद्ध
*नेपालले सन् २००४ मा अफगानिस्तानलाई हराएको थियो।