PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण शुरु



पहिलोपोस्ट

माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण शुरु
फाइल फटो

चौताराः २०७२ सालको भूकम्प र २०७३ सालको बाढीले भत्काएपछि तीन वर्षदेखि बन्द रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण प्रक्रिया सुरु भएको छ। 

चीनको सिनो हाइड्रो कम्पनीसँग सात अर्ब रुपैयाँमा पुनःनिर्माणको ठेक्का सम्झौता भएको आयोजनाका कार्यकारी निर्देशक विक्रम स्थापितले जानकारी दिए। 

उनका अनुसार आयोजना पनुःनिर्माण आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ। 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निजी क्षेत्रबाट सञ्चालित सो आयोजनाबाट पाँच वर्षसम्म उत्पादन बन्द हुँदा कम्पनीका अतिरिक्त राष्ट्रले नै ठूलो घाटा ब्यहोर्नु पर्नेभएको छ। 

२०७१ साल साउन १७ गतेको जुरे पहिरोले प्रशारण लाइनको टावरलाई क्षति पुगेपछि झण्डै चार महिना आयोजनाबाट उत्पादन बन्द भएको थियो। पुनः सञ्चालनमा आएलगत्तै २०७२ सालको भूकम्पले क्षति पुगेको थियो। 

भूकम्पले क्षती भएको आयोजना मर्मत भइरहेको बेला २०७३ साल असार २१ गते तिब्बतबाट आएको भोटेकोशीको बाढीले तहसनहस पारेको थियो। 

बाह्रबिसे-तातोपानी सडकखण्डअन्तर्गत साविक तातोपानी गाविसको १० किलो भन्ने स्थानमा बाँध बाँधेर ३.५ किमी सुरुङमार्फत फुलपिङकट्टीको झिर्पुमा निर्मित विद्युत्गृहमा पानी खसालिएको थियो । 

बाढीले सुरुङ मार्गबाहेक बाँधस्थल, विद्युत् गृह, पेनस्टक पाइप, प्रशारण लाइनको केही टावर क्षेत्र र विद्युत् गृहमा रहेका सम्पूर्ण उपकरणमा क्षति पुपुगेको छ। 

अमेरिकाको पाण्डा इनर्जी र हार्जा कर्पोरेसनले २०५३ सालमा शुरु गरेको सो आयोजनाबाट उत्पादित विद्युतलाई अमेरिकी डलरमा खरिद गर्ने गरी विद्युत् खरिद बिक्री सम्झौता भएको थियो। 

शुरुमा ३६ मेवाको स्वीकृति पाएको आयोजनाले शुरु भएको लामो समयपछि अमेरिकी सरकारको दबाबमा ४५ मेवाको स्वीकृति पाएको बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell