PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

बाबुराम भट्टरार्इले सुझाए देश विकासका तीन नारा, नयाँ अर्थमन्त्रीलार्इ कमाउ धन्दामा नलाग्न सुझाव



पहिलोपोस्ट

बाबुराम भट्टरार्इले सुझाए देश विकासका तीन नारा, नयाँ अर्थमन्त्रीलार्इ कमाउ धन्दामा नलाग्न सुझाव

काठमाडौँः पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टरार्इले नयाँ अर्थमन्त्रीलार्इ कमाउ धन्दामा नलाग्न सुझाब दिएका छन्। 

उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सोमबार मात्र पदवहाली गरेका अर्थमन्त्री युवराज खतिवडालार्इ यस्तो सुझाव दिएका हुन्। 

डा. भट्टरार्इले राष्ट्रिय धन्दा बनेको पैसा खेलाएर पैसा कमाउने; जग्गा किनेर जग्गा बेच्ने; पैसाले सत्ता किन्ने, सत्ताले पैसा कमाउने; प्रवृत्तिलाई रोक्न सुझाब दिएका छन्। 

उनले देश बनाउन तीन नारा लागु गर्न सुझाब दिँदै अगाडि भनेका छन्, ''उत्पादन बढाऊ, नाफा कमाऊ, कर बुझाऊ, भ्रष्ट र कमिसनखोर, बस सदरखोर, दुर्इ अंकको वृद्धिदर, दुर्इ दशक निरन्तर नारा लागू गरे देश बन्छ !''

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell