PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

संविधान संशोधन गर्न एमाले तयार: फोरमसँग सहमतिपत्रमा आजै हस्ताक्षर गर्ने तयारी



पहिलोपोस्ट

संविधान संशोधन गर्न एमाले तयार: फोरमसँग सहमतिपत्रमा आजै हस्ताक्षर गर्ने तयारी

काठमाडौं: संघीय समाजवादी फोरम, नेपालले सरकारमा सहभागी हुने विषयमा नेकपा एमाले र माओवादी केन्द्रसँग आजै सहमति गर्ने तयारी गरेको छ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच छलफलअनुसार आज सहमति पत्र तयार गरी हस्ताक्षर गर्ने तयारी रहेको छ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार तीनै दलका अध्यक्षले आजै साँझसम्म सहमतिमा हस्ताक्षर गर्ने सम्भावना रहेको छ।

यता फोरमका महासचिव रामसहाय यादवले आज पुनः छलफल गर्ने भनिए पनि समय तय नभएको बताए। यादवले आज सहमति गर्ने सम्भावना रहेको जानकारी दिए।

सोमबार दिउँसो फोरम अध्यक्ष यादवले प्रधानमन्त्री ओली र प्रचण्डसँग भएको छलफलका विषयमा पार्टी पदाधिकारीहरुसँग ब्रिफिङ गरेका थिए।

पदाधिकारीहरुले पनि संविधान संशोधनको विषयमा सहमति भए सरकारमा सहभागी हुने सुझाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell