काठमाडौं: प्रदर्शनको तयारीमा रहेको फिल्म 'कोइला'को पहिलो गीत भिडियोसहित सार्वजनिक भएको छ। 'यो माया' बोलको गीतमा नायक प्रज्वल गिरी र नायिका सोनिया गिरी फिचर्ड छन्।
ओम सुनुवारको संगीत र दिनेश सुवेदीको शब्द रहेको गीतमा माण्डवी त्रिपाठी र संगीतकार ओम सुनुवारले आवाज दिएका छन्।
गीतको भिडियो बिनोद सापकोटाले खिचेका हुन् भने शंकर बिसीको नृत्य निर्देशन रहेको छ। गजेन्द्र रञ्जितको निर्देशनमा बनेको एक्सन लब स्टोरी कोइलामा प्रज्वल गिरी, सोनिया गिरी, धुर्ब कोईराला, किरन थापा, बिशाल पहारी, कालु राना, राम चन्द्र अधिकारी लगाएत कलाकारहरुको अभिनय रहेको छ।