PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

पपुवा न्युगिनीको भूकम्पमा परी ३१ को मृत्यु



पहिलोपोस्ट

पपुवा न्युगिनीको भूकम्पमा परी ३१ को मृत्यु

जाकार्ताः पपुवा न्युगिनीमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी ३१ जना व्यक्तिको मृत्यु भएको छ।
 
सोमबार विहान १ः४४ बजे पपुवा न्युगिनीको दक्षिणी उच्च भूमिमा पर्ने प्रान्त मेन्दीबाट ९६ किलोमिटर दक्षिणमा केन्द्रविन्दु बनाएर ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो। 

सो भूकम्पबाट मङ्गलबार विनहानसम्म कम्तीमा पनि ३१ जनाको शव भेटिएको उद्धारअधिकारीहरुलार्इ उदृत गर्दै सिन्ह्वाले जनाएको छ। 

यस भूकम्पको विस्तृत विवरण भने अझै प्राप्त भएको छैन। तर त्यसमा भौतिक सम्पत्तीमा भएको क्षतिको विस्तृत विवरण भने प्राप्त नभएको स्नाथीय समाचारपत्रले जानकारी दिएको छ। 

भूकम्पबाट मेन्दी सहरका १३ र कुटुबु र बोसेभ सरहमा १८ जनाको बढीको मृत्यु भएको जनाइएको छ। उद्धारकर्मीहरुले यो भन्दा बढी मानिस मारिएको अनुमान गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell