PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

पचलीमा पारसको नयाँ 'लुक्स', रातो कार्पेट बिछ्याएर गरियो स्वागत

पचलीमा पारसको नयाँ 'लुक्स', रातो कार्पेट बिछ्याएर गरियो स्वागत

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : पूर्व युवराज पारस शाह टोपी र दौरा सुरुवालसहितको नयाँ लुक्समा मंगलबार काठमाडौँमा देखिएका छन्। 

१२ वडाका राष्ट्रवादी समूहको आयोजनामा पारसलाई टेकुमा रहेको पचली भैरवमा पूजाका लागि निमन्त्रणा गरिएको थियो। बिहान ११ बजेपछि आएका पारसलाई मन्दिर परिसरमा रातो कार्पेट बिछ्याई, पन्चेबाजा बजाई  स्वागत गरिएको थियो। 

उनका समर्थकहरुले पारस आऊ देश बचाऊको नारा लगाएका थिए। समर्थकहरुले राजदण्ड र पारसको फोटोसहितको ब्याच बनाएर बाँडेका थिए। 

यसअघि माघ १६ गते उनी पशुपति मन्दिरमा पूजाआजाका लागि पुगेका थिए। 

 


ट्रेन्डिङ पोस्ट

Ncell