फिल्म सुश्री सम्पत्तिको छायाँकन सुरु भएको छ। फिल्म पत्रकार सुब्रत आचार्यको दोस्रो फिल्म मगंलबार बिहान विन्ध्यवासिनी मन्दिरमा पूजा गर्दै फ्लोरमा निस्किएको हो।
कमेडी तथा प्रेम कथा रहने फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली, विनोद न्यौपाने, प्रमोद अग्रहरि, राजाराम पौडेल, जयानन्द लामा लगायतका कलाकारहरुको मुख्य अभिनय रहने छ। अभिनेत्री प्रियंका कार्कि पनि विशेष भुमिकामा देखिंदै छिन्।
फिल्मको सम्पूर्ण छायाँकन पोखरामा सम्पन्न गरिने निर्देशक आचार्यले बताए। फिल्ममा सुरेश अधिकारीको संगीत, अर्जुन तिवारीको सिनम्याटोग्राफि कविराज गहतराजको कोरियोग्राफि रहने छ। निर्देशक आचार्यले नै फिल्मको कथा लेखेका हुन्।