PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

बादल संयोजक रहेको कार्यदलको बैठक धुम्बाराहीमा: दुर्इ समिति गठन



पहिलोपोस्ट

बादल संयोजक रहेको कार्यदलको बैठक धुम्बाराहीमा: दुर्इ समिति गठन

काठमाडौं: एकीकृत पार्टीको विधान मस्यौदा गर्न गठित नेकपा एमाले र माओवादी केन्द्रको विधान मस्यौदा कार्यदलको बैठक दुर्इ वटा समिति गठन गर्ने निर्णय गर्दै सकिएको छ। 

एमाले पार्टी कार्यालय धुम्बाराहीमा संयोजक एवं गृहमन्त्री रामबहादुर थापा 'बादल'को अध्यक्षतामा बसेको बैठकले पेशागत र सामुदायिक प्रतिष्ठान एकीकरणका लागि नीति र विधान तयार पार्न गोकर्ण विष्ट र गिरिराजमणि पोखरेल रहेको समिति गठन गर्ने निर्णय गरेको कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिए। 

त्यस्तै अन्तरिम विधानको प्रारम्भिक प्रस्ताव तयार पार्न वर्षमान पुन र वेदुराम भुषाल सदस्य रहेको समिति गठन गरेको छ। समितिलार्इ प्रतिवेदन तयार गर्न एक साताको समय दिइएको छ। 

कार्यदलको अर्को बैठक २२ गते बस्ने र सोही बैठकमा दुवै समितिले प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको विष्टले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell