PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

फिल्म 'द प्रिन्स' बन्ने, कशिश र सिबुको डेब्यु



पहिलोपोस्ट

फिल्म 'द प्रिन्स' बन्ने, कशिश र सिबुको डेब्यु

काठमाडौं: फिल्म 'द प्रिन्स' बन्ने भएको छ। मदन घिमिरेको निर्देशनमा बन्ने फिल्ममार्फत दुई कलाकारले डेब्यु गर्दैछन्। शिबु थापा र कशिश दाहाल फिल्मको मुख्य अभिनेता तथा अभिनेत्रीको रुपमा देखिने भएका हुन्।

नायक शिबु थापा मोडल तथा खेलाडी हुन्।  १० वर्षदेखि मार्सलआर्ट र जिम्नास्टिक गर्दै आएका उनले केही म्युजिक भिडियोमा काम गरेका छन्।

सम्राट थापाको कथा तथा संगीत रहने यस फिल्ममा द्वन्द्व सम्राट बस्नेतको रहने छ। रामशरण उप्रेतीले खिच्ने द प्रिन्समा अभिनेता सरोज खनाल, मनिषा पाण्डे, निशा केशी भण्डारी,  महेन्द्र मैनाली लगायतकाको प्रमुख अभिनय रहने बताइयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell