काठमाडौं : सोलुखुम्बुको लुबुचेमा रहेको होटलमा एक जापानी नागरिक मृत अवस्थामा भेटिएका छन्।
४० वर्षीय कोजी कवागुची सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका लोबुचे स्थित न्यु इविसी होटेलको कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ। लेक लागेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।