PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रदेश ३ का मुख्यमन्त्री पौडेल



पहिलोपोस्ट

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रदेश ३ का मुख्यमन्त्री पौडेल

काठमाडौं: प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेका छन्। मुख्यमन्त्रीको शपथ लिएको दुई हप्तापछि पौडेलले मन्त्रिपरिषद् बिस्तार गर्न लागेका हुन्। 

तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको दुई हप्ता भइसकेको छ। अब चाँडै मन्त्रिपरिषद विस्तार गर्ने योजनामा मुख्यमन्त्री छन्। सम्भवत बुधबार मन्त्रिपरिषद विस्तार हुने एमालेका एक नेताले भने। 

'आजै प्रदेश सचिवालयको बैठक बस्ने र त्यसपछि एमाले प्रदेश कमिटिको बैठक बस्दैछ। कसलाई मन्त्री बनाउने भन्ने निर्णय पनि हुन सक्छ,' ती नेताले भने।

यसअघि मुख्यमन्त्री पौडेलसहित आन्तरिक मामिलामा माओवादीका शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार मन्त्रीमा एमालेको केशव स्थापितले शपथ लिइसकेका छन्। मुख्यमन्त्री सहित ७ सदस्यीय मन्त्रीपरिषद् बनाउने एमाले माओवादीको सहमति छ। 

सोही सहमति अनुसार चार मन्त्रीले अब शपथ लिने छन्। तीन एमाले र एक माओवादीबाट मन्त्री बन्ने एमाले नेताले जानकारी दिए। 

एमालेबाट पशुपति चौलागाई, अरुण नेपाल, कैलाश ढुंगेलले मन्त्री बन्ने दौडमा छन्। एमाले महिलाबाट रतना खडका र रमा आलेमगरले पनि मन्त्रीको दाबी गरिरहेका छन। माओबादीबाट राजकाजी महर्जन, विशाल खड्का लगायतका नेता मन्त्रीको दौडमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell