PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

वार्म अप म्याचमा नेपाललाई बलिङको निम्ता, ५ ओभर सकिँदा १ विकेट गुमाउँदै युएइको १९ रन



पहिलोपोस्ट

वार्म अप म्याचमा नेपाललाई बलिङको निम्ता, ५ ओभर सकिँदा १ विकेट गुमाउँदै युएइको १९ रन
फोटो : रमन सिवाकोटीको फेसबुकबाट लिइएको

काठमाडौं : आइसीसी वर्ल्ड कप क्वालिफायर्स वार्म अप म्याचमा आज नेपाल संयुक्त अरब इमिरेटस्(युएइ) सँग खेलिरहेको छ। मैदान चिसो भएका कारण निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको प्रतियोगिताको टस जित्दै युएइले ब्याटिङ गर्ने निर्णय गर्‍यो।

बलिङमा उत्रिएको नेपालले पहिलो ओभरमै विकेट लिँदै राम्रो सुरुवात गरेको छ। ललित भण्डारीले युएइका रोहन मुस्तफालाई आउट गरेका हुन्। ४ रन बनाएर मस्तफा बाहिरिए।

५ ओभर खेल सकिँदा १ विकेट गुमाउँदै युएइले १९ रन बनाएको छ। भण्डारी र करन केसीले कडा बलिङमार्फत् युएइलाई दवावमा राखेका छन्।  
ढिलो सुरु भएका कारण खेल २९ ओभरमा छोट्याइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell