PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

कर्णालीका मुख्यमन्त्रीले प्राप्त गरे विश्वासको मत: कांग्रेस र राप्रपाको मत विपक्षमा



पहिलोपोस्ट

कर्णालीका मुख्यमन्त्रीले प्राप्त गरे विश्वासको मत: कांग्रेस र राप्रपाको मत विपक्षमा

काठमाडौं: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत प्राप्त गरेका छन्। वाम गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका शाहीले प्रदेशको पाँचौ बैठकमा विश्वासको मत गरेका हुन्। 

उनले एमाले संसदीय दलका नेता यमलाल कँडेलले समर्थनमा विश्वासको मत पाए।

मुख्यमन्त्रीले शाहीले ३२ मत पाए भने ६ मत प्रतिपक्षमा खसेको छ। राप्रपा नेपालले पनि प्रतिपक्षमा मत दियो।

कर्णाली प्रदेशसभामा एमालेबाट २०, माओवादीबाट १३, कांग्रेसबाट ६ र राप्रपाका एक जना सांसद रहेका छन्।

विश्वासको मत लिदैँ शाहीले कर्णाली प्रदेशको समृद्धिका लागि काम गर्ने बताए। प्रदेशको चौथो बैठकबाट प्रदेशको नाम कर्णाली बनाउने प्रस्तावलाई पारित गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell