काठमाडौं: राष्ट्रिय सभा र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुसँग संघीय संसद सचिवालयले बुधबार छलफल गर्दैछ।
शपथ ग्रहण तथा पहिलो बैठक लगायतका विषयमा छलफल गर्न दलका प्रतिनिधिहरुलाई बोलाइएको संघीय संसदका प्रवक्ता डा.भरत गौतमले बताए।
गौतमले आन्तरिक कार्यविधिको मस्यौदा उक्त छलफलमा राखिने जानकारी दिए।
बुधबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा छलफलका लागि दलका प्रतिनिधिहरुलाई बोलाइएको छ।
राष्ट्रिय एवं प्रतिनिधि सभामा पाँचवटा दलको प्रतिनिधित्व रहेको छ।