PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

दश ओभर सकिँदा युएइको ५४ रन, नेपालको खातामा एकमात्र विकेट



पहिलोपोस्ट

दश ओभर सकिँदा युएइको ५४ रन, नेपालको खातामा एकमात्र विकेट
फोटो : रमन सिवाकोटीको फेसबुकबाट

काठमाडौं : नेपालको धारिलो बलिङले पहिलो ओभरमै विकेट गुमाएको संयुक्त अरब इमिरेट (युएइ)ले १० ओभरको खेल सकिँदा ५४ रन जोडेको छ।  

आइसीसी वर्ल्ड कप क्वालिफायर्स वार्म अम म्याचमा आज नेपाल र युएइको खेल भइरहेको छ। मैदान चिसो भएका कारण निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको प्रतियोगिताको टस जित्दै युएइले ब्याटिङ गर्ने निर्णय गरेको थियो।

युएइका असफाक अहमदले ३१ रन जोडेका छन् भने गुलाम साहव्वरले १८ रन जोड्दै खेल अगाडि बढाएका छन्। 

बलिङमा उत्रिएको नेपालले पहिलो ओभरमै विकेट लिँदै राम्रो सुरुवात गरेको छ। ललित भण्डारीले युएइका रोहन मुस्तफालाई आउट गरेका हुन्। ४ रन बनाएर मस्तफा बाहिरिए। खेल २९ ओभरमा सकिनेछ।
 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell