PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

पारसले लिए नेपालका लागि दोस्रो विकेट



पहिलोपोस्ट

पारसले लिए नेपालका लागि दोस्रो विकेट
फोटो : रमन सिवाकोटीको फेसबुकबाट

काठमाडौं : चौधौं ओभरमा नेपाली कप्तान पारस खड्काले ३२ रन बनाउँदै क्रिजमा रहेका संयुक्त अरब इमिरेट (युएइ)का गुलाम शब्बरलाई आउट गराएका छन्।
 
पहिलो विकेट पहिलो ओभरमा नै लिएको नेपालले दोस्रो विकेटका लागि बाँकी १३ ओभर कुर्न पर्योे। यद्यपि नेपालले बलिङमार्फत् आफ्नो दवाव कायमै राखेको छ।

युएइले १४ ओभर सकिँदा ७१ रन जोडेको छ। खेल २९ ओभरको हो।

आइसीसी वर्ल्ड कप क्वालिफायर्स वार्म अम म्याचमा आज नेपाल र युएइको खेल भइरहेको छ। मैदान चिसो भएका कारण निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको प्रतियोगिताको टस जित्दै युएइले ब्याटिङ गर्ने निर्णय गरेको थियो।

बलिङमा उत्रिएको नेपालले पहिलो ओभरमै विकेट लिँदै राम्रो सुरुवात गरेको छ। ललित भण्डारीले युएइका रोहन मुस्तफालाई आउट गरेका हुन्। ४ रन बनाएर मस्तफा बाहिरिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell