PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

दुई ललितले दुई/दुई विकेट झारेपछि युएइ दवावमा, पाचौं विकेट गुमाउँदै सय रन पूरा



पहिलोपोस्ट

दुई ललितले दुई/दुई विकेट झारेपछि युएइ दवावमा, पाचौं विकेट गुमाउँदै सय रन पूरा

काठमाडौं : दुई ललितले व्यक्तिगत खातामा दुई/दुई विकेट पारेपछि नेपालले युएइलाई थप दवावमा राख्न सफल भएको छ।

१९ औं ओभरमा ललित राजवंशीले ४२ रन बनाएका असफाक अहमदलाई आउट गरे। उनी युएइका प्रारम्भिक व्याट्सम्यान हुन्। त्यस्तै २० औं ओभरमा ललित भण्डारीले साइमन अनवरलाई १६ रनमा आउट गरे।

योसँगै नेपालले ५ विकेट हात पारेको छ भने युएइ दवावमा परेको छ। एक विकेट भने कप्तान पारस खड्काको खातामा छ। 

२२ ओभर सकिँदा युएइले १ सय ४ रन जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell