PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

एक बल बाँकी रहँदा युएई अल आउट, नेपाललाई १ सय ७२* रनको चुनौति



पहिलोपोस्ट

एक बल बाँकी रहँदा युएई अल आउट, नेपाललाई १ सय ७२* रनको चुनौति

काठमाडौं : संयुक्त अरब इमिरेट्स(युएई)ले आइसीसी वर्ल्डकप क्वालिफायर्सको वार्म अप म्याचमा नेपाललाई १ सय ७२ रनको चुनौति पेश गरेको छ। २८.५ ओभरमा अलआउट भएको युएइले १ सय ७१* रन जोडेको हो। 

वर्षाका कारण २९ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिङ रोजेको युएईलाई सुरुदेखि दवावमा राख्न सफल नेपाली टोली मध्यक्रममा आएका व्याट्सम्यानको विस्फोटक ब्याटिङलाई रोक्न असफल भए।  

अदनान मुफती र मुहम्मद उसमानको जोडीले ६.२ ओभरमा ६७ रनको साझेदारी गर्दै युएईको स्थिति बलियो बनायो। खेलको २७. ३ ओभरमा नेपालले छैटौं विकेट लिँदा युएईले १ सय ६६ रन जोडिसकेको थियो।

त्यसपछि भने युएईको ब्याटिङ लाइन लड्खडायो। सत्ताइसौं ओभरमा एक तथा अठ्ठाइसौंमा दुई र उनन्तीसौं ओभरमा युएइले तीन विकेट गुमायो।

टस जितेर पहिले ब्याटिङ रोजेको युएइले सुरुमै पहिलो विकेट गुमाएपछि दवावको सामना गरेको थियो। २० ओभरको खेलसम्म ५ विकेट गुमाउँदा मुस्किलले सय रन कटाउन सकेको थियो युएइले। तर करिब ११ रन प्रतिओभरमा मुफती र उसमानको जोडीले रन बटुल्न थालेपछि नेपाली बलरहरु दवावमा परेका थिए। 

नेपाली बलरहरुमध्ये ललित भण्डारीले ४ विकेट लिए भने करन केसीले ३ र ललित राजवंशीले दुई विकेट हात पारे। कप्तान पारस खड्काको खातामा एक विकेट रह्यो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell